Skip to content

रौतहट-१ मा रास्वपाका चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपालले कति पाए मत ?

nabil bank

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेशकुमार चौधरी विजयी भएका छन् ।

आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।

उक्त क्षेत्रमा नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले ८ हजार ५७४ मत प्राप्त गरे । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७ हजार ६६९ मत प्राप्त गरे ।

यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi