अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गरे ।
यस क्षेत्रमा नेकपा एमालेका पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान) ले १८ हजार २९७, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे ।
अर्घाखाँचीमा कूल एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा ८६ हजार ६६८ मत खसेको थियो ।











प्रतिक्रिया दिनुहोस्