काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पर्वतारोहण, ट्रेकिङ्ग क्षेत्रमा फेक रेसक्यूमा संलग्न ट्रेकिङ कम्पनीका सञ्चालक थप १ जना पक्राउ गरेको छ ।
सीआईबीले पानारोमा हिमालयन ट्रेकिङका सन्चालक सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका- १ का ५० वर्षीय पासाङ् शेर्पालाई पक्राउ गरेको छ । उनलाई आजै पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
सीआईबीमा अनुसार दुई जना बिदेशी नागरिकले सन् २०२५ मा सगरमाथा बेसक्याम्प ट्रेकिङ गर्ने क्रममा गाईड तथा ट्रेकिङ कम्पनी सञ्चालकले आफ्नो स्वीकृती बिना हेलिकप्टर माग गरी काठमाण्डौंसम्म ल्याई अस्पतालमा भर्ना गराएको र रेस्क्यू तथा स्वास्थ्य बीमा दाबी गरेको भनी बिद्युतीय माध्यमबाट उजुरी दिएका थिए । त्यसपछि यो बिषय चर्चामा आएको हो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गरिमामा आँच आउने कार्य गरे गराएकोले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसूर तथा संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसूरमा संलग्न निम्न प्रतिवादीलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमती लिई पक्राउ गरी थप अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ ।
हालसम्म कसूरमा संलग्न ट्रेकिङ् कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, बिदेशी बीमाका नेपाल स्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी जम्मा १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीमा प्रवक्ता शिव कुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्