Skip to content

एमालेका महासचिव पोखरेलको चुनाव खर्च साढे १७ लाख

nabil bank

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले आज निर्वाचन आयोगमा पेश गरेको चुनावी खर्च विवरणमा १७ लाख ५० हजार खर्च भएको उल्लेख छ ।

उनले मतदाता नामावली खरिद गर्न ५० हजार, सवारी साधनमा ३ लाख ५० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) ३ लाख, प्रचार प्रसार सामग्री १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी तथा अन्तरक्रिया १ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम २ लाख, कार्यालय सञ्चालन १ लाख ५० हजार, प्रतिनिधि परिचालन १ लाख र विविध खर्च गरेर १ लाख ५० हजार उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi