काठमाडौं । वाणिज्य बैंकहरुले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
चैत महिनामा बैंकहरुको अधिकतम औषतमा ४.४९४ प्रतिशत रहेको छ । यो फागुनको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपमा ०.०७५ प्रतिशत कम हो । फागुनमा ४.५६९ प्रतिशत रहेको थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकहरुले ब्याजदर घटाएका छन् । बाँकी बैंकले फागुनको ब्याजदरलाई निरन्तरता दिएका छन् ।
फागुनको तुलनामा चैतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर ०.१४ प्रतिशत, कुमारी बैंक ०.५१ प्रतिशत, कृषि विकास बैंक ०.१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ०.१, ग्लोबल आइएमई बैंकको ०.२५ र नेपाल बैंकको ब्याजदर ०.६ प्रतिशतविन्दुले घटेको छ ।












प्रतिक्रिया दिनुहोस्