Skip to content

प्रत्येक नेपालीको थाप्लोमा करिब १ लाख ऋण, आठ महिनामा सार्वजनिक ऋण कति बढ्यो ?

nabil bank

काठमाडौं । नेपालमा सार्वजनिक ऋण तीव्र गतिमा बढ्दै जाँदा प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण करिब १ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ)का अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म प्रत्येक नेपालीमाथि ९८ हजार ६९१ रुपैयाँ बराबरको ऋण पुगेको छ।

२०७८ सालको जनगणना अनुसार २ करोड ९१ लाख ६४ हजार ५७८ जनसङ्ख्यालाई आधार मान्दा हालसम्म नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

कार्यालयका तथ्यांक अनुसार चालु आवको सुरु (साउन १) मा २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको कुल ऋण दायित्व फागुन मसान्तसम्म आइपुग्दा बढेर २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

आठ महिनाको अवधिमा सरकारले ३० खर्ब ४६ अर्ब ७२ करोड रुपैयाँ ऋण प्राप्त गरेको छ भने १९ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरेको छ। विनिमय दरमा आएको नोक्सानी ९ खर्ब ७९ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ बराबर रहेको देखिन्छ। समग्रमा यस अवधिमा सार्वजनिक ऋण करिब २ खर्ब ४ अर्ब रुपैयाँले बढेको छ।

विवरण अनुसार आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख रुपैयाँबाट बढेर १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा आन्तरिक ऋणतर्फ २४ खर्ब ३६ अर्ब ६६ करोड रुपैयाँ प्राप्ति हुँदा १६ खर्ब ३७ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिएको छ। कुल गार्हस्थ उत्पादन (जिडिपी) को आधारमा आन्तरिक ऋण २२.०७ प्रतिशत पुगेको छ।

यस्तै, बाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड ३६ लाख रुपैयाँबाट बढेर १५ खर्ब ३० अर्ब १८ करोड १० लाख रुपैयाँ पुगेको छ। बाह्य ऋणतर्फ ५ खर्ब ६८ अर्ब ३ करोड रुपैयाँ प्राप्ति भएको छ भने ३ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

विनिमय दरमा आएको नोक्सानी ९ खर्ब ७९ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ बराबर रहेको छ। जीडीपीको आधारमा बाह्य ऋण २५.०६ प्रतिशत पुगेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi