काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ८ महिनामा सेयर बजारबाट करिब साढे ६ अर्ब रुपैयाँ लाभकर उठाएको छ । सरकारले सेयर बजारबाट ६ अर्ब ४४ करोड १० लाख ४ हजार ९२६ रुपैयाँ पुँजीगत लाभकर उठाएको हो ।
पुँजीगत लाभकर फागुन एक महिनामा मात्रै ५५ करोड १५ लाख ८१ हजार ८०४ रुपैयाँ रहेको छ । माघ महिनाको तुलनामा फागुनमा लाभकर निकै घटेको छ । माघ महिनामा १ अर्ब २९ करोड १९ लाख २० हजार रुपैयाँ संकलन भएको थियो ।
फागुन महिनामा, व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर १७ करोड ७ लाख ६३ हजार २३१ रुपैयाँ, व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर ३२ करोड ६ लाख ४९ हजार ८४० रुपैयाँ र कर्पोरेट पुँजीगत लाभकर ६ करोड २ लाख ६८ हजार ७३१ रुपैयाँ लाभकर संकलन भएको सिडिएससीले जनाएको छ ।
सिडिएससीका अनुसार माघ महिनामा ५ अर्ब ८८ करोड ९४ लाख २३ हजार १२२ रुपैयाँ र पुस महिनामा ४ अर्ब ५९ करोड ७५ लाख ३ हजार ५४ रुपैयाँ लाभकर संकलन भएको छ ।











प्रतिक्रिया दिनुहोस्