काठमाडौं । रास्वपा कोषाध्यक्ष तथा समानुपातिक सांसद लिमा अधिकारीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छिन् ।
सातौँ वार्षिक साधारणसभाबाट उनी पुन सञ्चालक भएकी थिइन् । सभाले साधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी उनलाई निर्वाचित गरेको थियो । उनलाई रास्वपाले समानुपातिक तर्फ सांसद बनाएको छ । निर्वाचन आयोगले सांसदको सूची सार्वजनिक गरेपछि उनले निफ्रा छोडेको घोषणा गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्: ‘करिब साढे चार वर्षको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को बोर्ड अफ डिरेक्टरको रूपमा मेरो यात्रा आजबाट औपचारिक रूपमा समापन भएको छ ।











प्रतिक्रिया दिनुहोस्