काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी लक्षित विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । सोही क्रममा बैंकको केन्द्रीय कार्यालयमा विद्यार्थी अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा बुटवल–१२मा रहेको नयागाउँ माविका ५७ जना विद्यार्थी सहभागी भएका थिए । भ्रमणका क्रममा विद्यार्थीहरूले बैंकका विभागीय प्रमुख तथा कर्मचारीहरूसँग अन्तरक्रियात्मक सत्रमा सहभागी हुँदै कक्षाकोठामा सिकेका वित्तीय अवधारणाहरूको व्यवहारिक ज्ञान हासिल गरेका थिए।

कार्यक्रमअन्तर्गत डिजिटल बैंकिङ सम्बन्धी प्रदर्शन, वित्तीय ठगीबाट बच्ने उपायबारे सचेतना, तथा सुरक्षित आर्थिक व्यवहारबारे जानकारी प्रदान गरिएको थियो।
बैंकले आयोजना गरेको यस पहलमार्फत विशेषगरी युवाहरूबीच पैसासम्बन्धी खुला संवाद, जिम्मेवार आर्थिक व्यवहार, डिजिटल वित्तीय साक्षरता तथा गलत सूचना र ठगीबाट बच्ने उपायबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्य राखिएको जनाएको छ।











प्रतिक्रिया दिनुहोस्