Skip to content

हेलिकप्टर दुर्घटनामा घाइते पाइलटसहित २ जना हेम्स अस्पताल भर्ना

nabil bank

काठमाडौ‌ । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाका पाइलटसहित २ जनालाई उपचारका लागि काठमाडौंको हेम्स अस्पतालमा भर्ना गरिएको छ ।

नागरिक उड्यन प्राधिकरणका अनुसार दुर्घटनामा पाइलटसहित २ जना घाइने भएका थिए । घाइतेमध्ये पाइलट र १ जना घाइते यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

आज बिहान काठमाडौं अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौँबाट गएको अर्को हेलिकप्टरबाट उद्धार गरी ल्याइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi