Skip to content

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा (तस्विरहरु)

nabil bank

काठमाडौं । आज सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा सम्पन्न भएको छ ।

घोडजात्रामा जीवित देवी कुमारी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री सुशिला कार्की लगायत विभिन्न उच्च पदस्थ अधिकारी, कूटनीतिज्ञहरुले समारोह अवलोकन गरेका छन् ।

काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरुका पनि विभिन्न प्रस्तुति रहेका थिए ।

कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi