Skip to content

मन्त्री बनाइदिनुस् भन्दै मिडिया ट्रायल नगर्न रविको आग्रह

nabil bank

काठमाडौं । रवि लामिछाने ले आफ्ना सांसदहरूलाई मन्त्री बनाउने विषयमा मिडिया ट्रायल नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीभित्र रहेका सदस्यहरूको क्षमता र विज्ञताको आधारमा जिम्मेवारी बाँडफाँट हुने स्पष्ट पार्दै अनावश्यक दबाब सिर्जना नगर्न आग्रह गरे। ‘तपाईंहरू कुन विषयमा विज्ञ हुनुहुन्छ भन्ने हामीलाई थाहा छ, सोही अनुसार नियुक्ति हुन्छ, उनले भने।

लामिछानेले रास्वपा स्थापना भएको चार वर्ष पनि नपुग्दै विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पार्टीमा आबद्ध भएको उल्लेख गर्दै सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले पार्टीभित्र विविध छवि र अनुभव भएका सदस्यहरू रहेको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।

साथै, उनले सरकारको बहुमत वा संख्याको चिन्ता नगरी जनताले दिएको जिम्मेवारी पूरा गर्नतर्फ केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi