काठमाडौं । बेनी हाइड्रोपावर कम्पनीले अहिले आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेको छ ।
यसपछि सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गर्ने छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीको कम्पनी बोनी हाइड्रोको पुस मसान्तसम्म प्रति सेयर नेटवर्थ ११२.४३ रुपैयाँ रहेको थियो । यस्तै प्रतिसेयर आम्दानी २१.१७ रुपैयाँ रहेको छ भने कम्पनीको नाफा १० करोड ३४ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले आगामी तीन वर्षको वित्तीय अवस्थाको प्रक्षेपण गरेको छ । जसमा आव २०८२/०८३ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.८७ रुपैयाँ, प्रतिसेयर आम्दानी १६.३४ रुपैयाँ र नाफा ९ करोड २२ लाख ४१ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
यस्तै २०८३/०८४ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १२५.३६ रुपैयाँ, प्रतिसेयर आम्दानी १६.४९ रुपैयाँ र नाफा २६ करोड ३७ लाख २५ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । यस्तै २०८४/०८५ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १४४.६८ रुपैयाँ, प्रतिसेयर आम्दानी १९.३२ रुपैयाँ र नाफा ४६ करोड ४६ लाख ५१ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड गाउँपालिका-२ र ३ मा १९.८० मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष रहेको छ ।
आयोजनाको ठूला सेयरधनीमा ल्हाकु शेर्पाको ५.७७ प्रतिशत, पुष्प चित्रकारको ७.६१ प्रतिशत, बेनी इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट प्रालिको ९.०५प्रतिशत, सिताराम तिमल्सिनाको १.२० प्रतिशत, नरेन्द्रराज बर्तौलाको १.२० प्रतिशत, बिजी ग्रुपको ३.७३ प्रतिशत, ल्हाक्पा गेल्जेन शेर्पाको १.२० प्रतिशत, पुगेल्जेन शेर्पाको ३.६३ प्रतिशत, वान वो वान कम्पनीको ७.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
लाक्पा तेन्जिङ शेर्पाको १.२० प्रतिशत, मोहन कुमार डाँगीको २.५६ प्रतिशत, बिआईजि इन्भेष्टमेन्ट प्रालिको ३.८५ प्रतिशत, सोनाम छिरिङ शेर्पाको ८.८५ प्रतिशत, डिल प्रसाद श्रेष्ठको १.२० प्रतिशत, आङ फुर्बा शेर्पाको १.२६ प्रतिशत, कर्म दोर्जे शेर्पाको २.६८ प्रतिशत, सोनाम छम्बे शेर्पाको १.२० प्रतिशत, राज कुमार खत्रीको १.२९ प्रतिशत, पेम्बा गेल्बु शेर्पाको १.५० प्रतिशत, छिरिङ शेर्पाको १.३३ प्रतिशत, युएन महर्जनको ३.०८ प्रतिशत र युगजंग कार्कीको २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीमा संस्थापकतर्फ लगानी गरेको बेनी इनफ्रास्ट्रक्चर इन्भेष्टमेन्टको सञ्चालकमा समन मानन्धर रहेका छन् ।
बिजी ग्रुपको अध्यक्ष तथा सञ्चालकमा गणेश कार्की र बटु लामिछाने रहेका छन् । वान वो वान कम्पनीको अध्यक्षमा हिरेन्द्र मान प्रधान रहेका छन् भने सञ्चालकमा कृष्ण प्रसाद सिग्द्यान, कन्हैया लाल गुप्ता, विनोद कुमार तिमिल्सिना, ध्रुव कुमार उप्रेती, खगेन्द्र प्रसाद उप्रेती रहेका छन् ।
बि.आई.जि. इन्भेष्टमेण्ट प्रा.लिको अध्यक्षमा राम कुमार राई रहेका छन् भने सञ्चालकमा पृथ्वी राज राई, विनोद बुडाथोकी रहेका छन् र यस्तै उर्जा तथा प्राविधिक विकास प्रा. लिमिटेडको अध्यक्षमा दिलिप कुमार दिओ रहेका छन् भने सञ्चालकमा अनिल महर्जन, शालिकराम पौडेल रहेका छन् ।
युग होल्डीङ्ग प्रा.लिको अध्यक्षमा युग जंग कार्की रहेका छन् ।
कम्पनीको अध्यक्षमा गणेश कार्की रहेका छन् । यस्तै सञ्चालकमा हिरेन्द्रमान प्रधान, वाई कुमार श्रेष्ठ, सोनम छिरिङ शेर्पा, पेम्बा गेल्बु शेर्पा रहेका छन् । बैंकमा कार्कीको ०.२१ प्रतिशत, प्रधानको ७.७९ प्रतिशत, श्रेष्ठको ०.६० प्रतिशत, पेम्बाको १.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।











प्रतिक्रिया दिनुहोस्