काठमाडौं । अर्थशास्त्री केशव प्रसाद आचार्यको निधन भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका आचार्यको आज निधन भएको हो । आचार्यलाई मस्तिष्कघात भएपश्चात उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।
उपचारका क्रममा अस्पतालमा आज निधन भएको परिवार स्रोतले जनाएको छ ।
७२ वर्षीय आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा, अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा समेत काम गरिरहेका छन् ।
आचार्यकोे छोरी देश बाहिर रहेको र छोरी मंगलबार नेपाल आएपछि दाहसंस्कार गर्ने परिवार स्रोतले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्