Skip to content

महासंघको वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेको उम्मेदवारी घोषणा

nabil bank

काठमाडौं । उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्। घिमिरेले महासंघभित्र वस्तुगत क्षेत्रको प्रतिनिधित्व सुदृढ गर्ने, उद्योगी–व्यवसायीका समस्या नीतिगत तहमा प्रभावकारी रूपमा उठाउने तथा निजी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अघिल्लो चरणमा अध्यक्षतर्फ अञ्जन श्रेष्ठ र वस्तुगततर्फ उपाध्यक्षमा शिवप्रसाद घिमिरेलाई अघि सारिएको छ। यसैगरी, वस्तुगततर्फ सदस्य पदका लागि कृष्ण प्रसाद वाले र विश्वनाथ खनाल उम्मेदवार रहेका छन्।

कार्यकारिणी सदस्यतर्फ विभिन्न क्षेत्रका व्यवसायीलाई समेट्दै १४ जनाको टोली अघि सारिएको छ। घिमिरेले सशक्त महासंघ र प्रभावकारी सचिवालय, वस्तुगत परिषदको सुदृढीकरण, युवा लक्षित स्टार्टअपको विकास र रोजगारी, साना तथा सझौला उद्योग को संरक्षण र प्रवर्द्धन, उद्योग, लगानिकर्ता लक्षित, निर्माण तथा पुर्वाधार आधारित उद्योग, घरेलु उद्योग (हस्तकला, ज्वेलरी तथा सांस्कृतिक उद्योग लगायत), उत्पादनमूखी, प्रतिस्पर्धी, कृषि, उद्यमी र किसानमैत्री कृषि अभियानलाई प्राथमिकता राखेका छन् ।

यस्तै शिक्षाफ स्वास्थ, निर्यातमुखी उत्पादनमूलक उद्योगको विस्ताररर र प्रबर्द्धन, दिगो र सुरक्षित भविष्य नविकरणीय ऊर्जा, सुशासनर नितिगत सुधार र निजी क्षेत्रको रक्षा र उद्योग तथा व्यबसायमैत्री सुरक्षामा ध्यान दिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi