Skip to content

सेयर बजारमा सामान्य सुधार, पौने १६ अर्बको कारोबार

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ५.०१ अंकले बढेर परिसूचक २९३६.५६ बिन्दु कायम भएको छ ।

३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा वाणिज्य बैंकिङ, विकास बैैंक, होटल, जीवन बीमा, निर्जीबन बीमा र ट्रेडिङ समूहको उपसूचक घटेको छ भने बाँकी अन्य समूहको उपसूचक बढेको छ ।

कारोबारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ ।

आजको कारोबार आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक पहिलो स्थानमा रहेको छ । बैंकको ६७ करोड २३ लाख ७८ हजार १५६ रुपैयाँको कारोबार भएको छ ।

यस्तै दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi