Skip to content

पूर्व गृहमन्त्री लेखक निवासबाट पक्राउ

nabil bank

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी पक्राउ परेका हुन् । उनलाई प्रहरी परिसर काठमाडौं ल्याइँदैछ ।

लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केही समयअघि प्रहरीले पक्राउ गरेको हो ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कार्की आयोगले तयार पारेको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सिफारिस गरेको छ । आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ लागू गर्न सुझाव दिएको थियो । उक्त सुझाव अनुसार उक्त व्यक्तिहरू कारबाहीको दायरमा आउने भएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi