Skip to content

पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ।

दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीलाई ‘मल्टिपल हेल्थ इस्यु’ का कारण स्वास्थ्यमा जटिलता उत्पन्न हुनसक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका एक अधिकारीका अनुसार प्रारम्भिक परीक्षणमा ओलीलाई छाती दुख्ने (चेष्ट पेन) र मुटु ढुकढुकी अनियमित हुने (पाल्पिटेशन) समस्या देखिएको छ। हाल उनलाई ईसीजी मनिटरमा राखी मुटुको चालको निरन्तर अनुगमन भइरहेको छ।

मिर्गौला सम्बन्धी विशेषज्ञ चिकित्सकले समेत ओलीको स्वास्थ्य स्थिति नजिकबाट हेर्दै आएका छन्। यसअघि मिर्गौला प्रत्यारोपणपछिको उपचारका क्रममा पनि उनलाई यही बेडमा राखेर निगरानी गरिएको थियो।

शनिबार परेकाले अदालतमा म्याद थप प्रक्रियाका लागि आइतबार मात्र पेश गरिने र त्यसअघि उनलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राख्ने तयारी प्रहरीले गरेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima