Skip to content

पक्राउपछि ओलीको प्रतिक्रिया: ‘म कानुनी लडाइँ लड्छु’

nabil bank

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलेआफूलाई पक्राउ गरिएको घटनालाई नवगठित सरकारले देखाएकोप्रतिशोधपूर्ण पूर्वाग्रहयुक्त कदम भएको आरोप लगाएका छन्।शनिबार बिहान भक्तपुरको गुण्डुस्थित आफ्नै निवासबाट प्रहरीलेउनलाई पक्राउ गरेको हो। प्रहरी टोली राति नै ओलीको घर वरिपरितैनाथ थियो।

प्रहरीले ओलीलाई काठमाडौँ प्रहरी परिसर भद्रकालीमा लगेको छ। गतभदौ २३ गते जेनजी आन्दोलनका क्रममा एक नागरिकको ‘हेलचेक्र्याइँगरी ज्यान मारेको’ अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएकोछ।

ओलीलाई पक्राउ गर्न प्रहरीले पुर्जी लिएर पुगेपछि उनले तुरुन्तै आफ्नाकानुनी सल्लाहकारहरूसँग परामर्श गरेको स्रोतले जनाएको छ। पक्राउपर्नुअघि उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ताटिकाराम भट्टराईसँग भेटेर कानुनी आधारबारे छलफल गरेका थिए।

परामर्शका क्रममा ओलीले भनेका थिए, “यो पक्राउ प्रतिशोध रपूर्वाग्रहले प्रेरित छ। म यसको विरुद्ध कानुनी लडाइँ लड्छु।”

वरिष्ठ अधिवक्ता भट्टराईले पनि ओलीको पक्राउ गैरकानुनी भएको दाबीगर्दै न्यायालयमार्फत चुनौती दिने तयारी भइरहेको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi