Skip to content

बालेन सरकार: कर्मचारीतन्त्रमा आयो रातारात बदलाब, महिनौदेखि रोकिएका फाइल, फोन गरेर बोलाउन थाले !

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बोलेन्द्र शाह (बालेन) ले सरकारको बागडोर सम्हाले लगत्तै निजामती कर्मचारीको कार्यशैलीमा एकाएक बदलाब आउन थालेको छ ।

गत शुक्रबार बालेनको नेतृत्वमा सरकार गठन भए लगत्तै कर्मचारीको काम गर्ने तौरतरिका, बोल्ने व्यवहार तथा शैलीमा एकाएक परिवर्तन आउन थालेको छ । सेवाग्राहीको निकै भिडलाग्ने कार्यालय तथा अन्य सबै सरकारी निकायमा सेवाग्राहीले पाउने सेवा सहजै पाउन थालेको, कर्मचारीले व्यबहारमा परिवर्तन आउन थालेको बताइन्छ ।

नयाँ सरकार गठन भएलगत्तै सरकारी कार्यालयमा रोकेर राखिएका फाइलका काम पनि अघि बढ्न थालेको सेवाग्राहीहरुको भनाइ छ । महिनौदेखि रोकेर राखेका फाइलको काममा समेत अहिले कार्यालयबाट नै फोन गरेर सेवाग्राहीलाई बोलाउन थालेको सेवाग्राहीहरुको भनाइ छ ।

विगत ५ महिनादेखि एउटा उद्योग खोल्नका लागि उद्योग विभागमा धाउँदा धाउँदा अब काम नहोलाकी भनेर माया मारिसकेको बताउने एक उद्योगी एकाएक उद्योग विभागका अधिकारीहरुले फोन गरेर तपाईको फाइलको काम सकियो, कार्यालयमा सम्पर्क गर्नु भनेर फोन आएको सुन्दा आफैलाई विश्वास नलागेको बताए ।

‘‘विगत ५ महिनादेखि एउटा उद्योग दर्ता गरौ भनेर उद्योग विभाग धाउँदा धाउँदा हैरान भएको थिए । अब जति ढिला भएपनि उद्योग विभाग जाने सोचमा थिइन’’ नाम नबनाउने शर्तमा ति उद्योगीले भने ‘‘आइतबार मध्यान्नतिर विभागबाट फोन आयो, सर तपाईको फाइलको काम करिब सकियो । अब तपाईले विभागमा सम्पर्क गर्दा हुन्छ ।’’ फोनमा त्यस्तो सुन्दा विभागका कर्मचारी सरकार परिवर्तन भएसँगै परिवर्तन भएको आफुले महशुस गरेको ति उद्योगीको भनाइ छ ।

उद्योग विभाग मात्रै नभएर कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभागमा पनि पहिला भन्दा सहजै र छिटो काम हुन थालेको सेवाग्राहीको अनुभव छ ।

आइतबार राहदानी बनाउन राहदानी विभाग पुगेका गुल्मीका एक सेवाग्राहीले पनि पहिला भन्दा सहज सेवा पाउन थालेको अनुभव सुनाए । आफु पहिला विभाग जाँदा राज्यलाई लाग्ने दस्तुर तिर्दा समेत राम्रो, समयमा नै सेवा नपाउने भएपनि अहिले पहिला भन्दा कर्मचारीको व्यवहारमा परिवर्तन आएको पाएको बताए ।

अहिले सरकारी निकायका उच्च अधिकारीहरुले मातहतका कर्मचारीलाई कुनै पनि फाइल नरोक्न, पुराना फाइलको काम पनि धमाधम गर्न निर्देशन दिन थालेका छन् । साथै कुनै फाइल कानून अनुसार अघि बढाउन नमिल्ने हो भने स्पष्ट रुपमा लेखी पठाउन निर्देशन दिएको बताइएको छ ।

सरकारको बागडोर सम्हाले लगत्तै प्रधानमन्त्री शाहले सबै सचिवहरुलाई तीन वटा निर्देशन दिएका छन् । त्यो निर्देशनले पनि कर्मचारीमा नयाँ तरंग पैदा गरेको छ । प्रधानमन्त्री शाहकले सचिवहरुलाई निर्देशन दिने क्रममा आफ्नो मन्त्रीलाई नपढाउनु, मन्त्रीहरुले भने अनुसार काम गर्न निर्देशन दिएका छन् ।

यस्त काम गर्न कानून अवरोध भएको खण्डमा सरकारले आवश्यक कानून बनाउने र सोही अनुसार काम गर्न निर्देशन दिएका छन् । यी दुवै शर्त नमान्ने हो भने तेस्रो निर्देशनमा अवकाशको विकल्प देखाएका छन् । प्रधानमन्त्री शाहले काम गर्दा रास्वपाको बाचापत्र र शासकीय सुधारका १०० बुँदामा समावेश भएका कार्यसूचीलाई ध्यान दिएर काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले सबैलाई यो देश आफ्नो गीत जस्तो देश हाँसेको हेर्न चाहेको बताउँदै आएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi