Skip to content

एकान्तकुना यातायात कार्यालयबाट १५ बिचौलिया पक्राउ

काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताएको छ ।

फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको ललितपुर जिल्ला प्रहरी परिसरकाका एसपी होबिन्द्र बोगटीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi