Skip to content

मेरिटका आधारमा पहिलो पटक कर्मचारी सरुवा

nabil bank

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन प्रणाली कार्यान्वयन गरेका छन्। मन्त्रीस्तरीय निर्णयअनुसार गरिएको यस सरुवाले अब कर्मचारीको कार्यसम्पादन र प्राप्त मेरिटलाई केन्द्रमा राखेर पोस्टिङ निर्धारण गर्ने नयाँ अभ्यासको सुरुआत गरेको हो ।

सोमबारको १निर्णयअनुसार बढुवापछि पदस्थापन गर्दा ‘मेरिट–आधारित छनोट’ विधि अपनाइएको हो। यसअनुसार मेरिट सूचीमा पहिलो स्थान हासिल गर्ने कर्मचारीले आफूलाई मनपर्ने पोस्टिङ रोज्ने अवसर पाउँछन्। दोस्रो स्थानमा रहनेले बाँकी रहेका स्थानहरूमध्ये एक छान्ने, त्यसपछि तेस्रोले बाँकीबाट रोज्ने क्रम जारी रहन्छ।

यस प्रक्रियामा मेरिट सूचीको अन्त्यतिर रहेका कर्मचारीहरूले भने अन्यले नछानेका तथा बाँकी रहेका स्थानहरूमा जानुपर्ने हुन्छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi