काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।
आज न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
लेखककी पत्नी यशोदाले आइतबार आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।












प्रतिक्रिया दिनुहोस्