Skip to content

साहास ऊर्जालाई हकप्रद ल्याउन अनुमति, नौ सर्त पूरा गर्नुपर्ने

nabil bank

काठमाडौं । विद्युत् नियमन आयोगले साहास ऊर्जा कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको छ। कम्पनीले बोनस सेयर वितरणपछि कायम भएको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो। यसअनुसार सोही बराबरको रकम बराबरको हकप्रद सेयर जारी गरिनेछ।

कम्पनीले मिति चैत ९ गते आयोगसमक्ष पेश गरेको निवेदनमाथि आयोगको चैत १२ गते बसेको ३०४औँ बैठकमा छलफल भएको थियो। सो छलफलपछि विभिन्न ९ सर्तसहित हकप्रद निष्कासनको पूर्व स्वीकृति दिने निर्णय गरिएको हो।

आयोगले हकप्रदबाट संकलित रकममध्ये १ अर्ब ३९ करोड ५२ लाख २७ हजार ४२८ रुपैयाँ १४ पैसा रकम टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्नुपर्ने सर्त राखेको छ। उक्त आयोजना ३४०.४२३ मेगावाट क्षमताको रहेको छ।

साथै आयोगले हकप्रद निष्कासन प्रक्रिया अघि बढाउँदा तोकिएका अन्य नौ वटा सर्तहरू समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने स्पष्ट पारेको छ। आयोगको निर्णयअनुसार ती सर्तहरू पूरा गरेपछि मात्र कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउन सक्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi