Skip to content

मण्डिखाटारबाट दुई जना पक्राउ

काठमाडौं । हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै नौ लाख ठगी गरेको अभियोगमा जिल्ला प्रहरी परिसरले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्गभित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापामगर तथा सोही ठाउँकी ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापामगर रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, “गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीलाई थुनामा रहँदाका बखत निज हरिबहादुर थापामगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी निजहरूलाई धरौटीमा छुटाइदिन्छु, धरौटीबापतको रकम दिनुपर्छ भनी आश्वासन दिई धरौटीबापतको रकम र वकिललाई बहस खर्च भनी निजको श्रीमती मिठु मगर (अनिता थापामगर)को खातामा नौ लाख जम्मा गर्न लगाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।”

निजहरु दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima