Skip to content

बैंकर्स संघले गर्यो सातै प्रदेशमा साइबर सुरक्षा अन्तरक्रिया कार्यक्रम

nabil bank

काठमाडौं । नेपाल बैंकर्स संघले भिसासँगको सहकार्यमा नेपालको बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै वित्तीय क्षेत्रमा साइबर जोखिम, अनलाइन ठगी तथा डिजिटल फ्रडका घटनाहरू बढ्दै गएको सन्दर्भमा उक्त विषयमा कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय वित्तीय प्रणालीमा देखिएका यस्ता चुनौतीहरूलाई मध्यनजर गर्दै बैंकिङ क्षेत्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा सचेतना विस्तार गर्न कार्यक्रम केन्द्रित थियो ।

प्रदेशस्तरीय कार्यक्रमहरूमा साइबर जोखिमको पहिचान, डिजिटल फ्रडका प्रवृत्ति, तथा जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो । साथै बैंकिङ प्रणालीमा सुरक्षित अभ्यासहरू अवलम्बन गर्ने र त्यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सावधानी र यस बारे बैंकका ग्राहकहरुलाई निरन्तर जानकारी दिनु पर्ने विषयमा पनि जोड दिइएको थियो ।

कार्यक्रममा सातै प्रदेशबाट प्रदेश प्रमुख, शाखा प्रबन्धक लगायत विभिन्न तहका बैंकका कर्मचारी गरि ३०० भन्दा बढी को सहभागिता रहेको थियो । कार्यक्रमले समग्र वित्तीय प्रणालीलाई अझ सुरक्षित र सुदृढ बनाउन योगदान दिनेमा आशावादी छौ ।

नेपाल बैंकर्स संघले साझेदारहरूसँग सहकार्य गरि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै बैंकिङ क्षेत्रमा साइबर सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi