Skip to content

सिटी वालेट र छिटो पैसा कम्पनी मर्ज, वैशाख ३ देखि एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंक बाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त दुई डिजिटल वालेट कम्पनी ‘सिटी वालेट प्रालि’ र ‘छिटो पैसा प्रालि’ आपसमा गाभिएका छन्। मर्जरपछि यी दुवै संस्थाले अब ‘सिटी वालेट प्रालि’ कै नामबाट एकीकृत रूपमा सेवा सञ्चालन गर्ने भएका छन्।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले दिएको जानकारी अनुसार, मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान भइसकेको छ। यससँगै दुवै कम्पनीका सम्पूर्ण सम्पत्ति तथा दायित्व अब नयाँ संरचनामा रहेको ‘सिटी वालेट प्रालि’ ले सम्हाल्नेछ।

दुवै वालेटका सेवा अब आगामी वैशाख ३ गते बिहीबारदेखि एकीकृत रूपमा सञ्चालनमा आउनेछन्। यसपछि प्रयोगकर्ताहरूले एउटै प्लेटफर्म ‘सिटी वालेट’ मार्फत डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्नेछन्।

यो मर्जर ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन), २०७७’ को विनियम ३७ को उप–विनियम १३ अनुसार सम्पन्न गरिएको हो। यसअघि पनि नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा मर्जरको अभ्यास भइसकेको छ। उदाहरणका रूपमा, खल्ती र आईएमई पे गाभिएर ‘खल्ती बाई आईएमई पे’ का रूपमा सञ्चालनमा आइसकेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T