काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा ३ हजार ६०० र चाँदी १६५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७८० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको थियो ।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८४५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्