Skip to content

आठ महिनामा रेमिट्यान्स ३७.७ प्रतिशतले बढ्याे, फागुनमा १८८ अर्ब भित्रियो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म आइपुग्दा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेको हो । यस अवधिसम्म रेमिट्यान्स १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ९.५ प्रतिशतले मात्र बढेको थियो।

फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको सोही महिनामा भने १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ आएको थियो । अमेरिकी डलरमा हेर्दा पनि रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको छ। यस अवधि डलरमा रेमिट्यान्स ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको छ। गत वर्ष यस्तो वृद्धि दर ७.१ प्रतिशत मात्र थियो।

यसैगरी, यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको छ। आठ महिनामा संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi