Skip to content

अनाधिकृत रूपमा सञ्चालन भएको क्रसर उद्योग कारबाहीमा

nabil bank

काठमाडौं । वनक्षेत्र अतिक्रमण गरी अनाधिकृत रूपमा खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको हेन्जन दोर्जे प्राइभेट लिमिटेडलाई रोक लगाएको छ। तेमाल गाउँपालिका–१ स्थित अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको सो उद्योगलाई कानुनी कारवाहीका लागि थप अनुसन्धान भइरहेको डभिजन वन कार्यालय काभे्रपलाञ्चोकले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा वर्षैँदेखि खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको सो उद्योगविरुद्ध ३ दशमलब ४१ हेक्टर अर्थात् ६७ रोपनी वन अतिक्रमण गरी उत्खनन्समेत गरेको जनाउँदै कार्यालयले मुद्दा दर्ताको तयारी गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान एवं छानविनका क्रममा कम्पनी दोषी देखिएपछि अनुसन्धान टोली गठन गरी थप अनुसन्धानलाई तीव्र पारिएको डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार टोलीले बन्द गरिएको उद्योगको थप अनुसन्धान सकेर यथेष्ट प्रमाण जुटाएपछि मुद्दा दर्ताको प्रक्रियामा लागिनेछ ।

कार्यालयले मातहतको सव–डिभिजन वन कार्यालय नमोबुद्धका वन अधिकृत हरिचन्द्र तिमल्सिनाको संयोजकत्वमा अनुसन्धान समिति गठन गरी अनुसन्धान थालेको थियो । संयोजक तिमिल्सनाले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयको समन्वयमा उक्त उद्योग बन्द गराइएको बताए।

उनले हेन्जन दोर्जे प्राइभेट लिमिटेडले वर्षौँदेखि वनक्षेत्र अतिक्रमण गरी खानी तथा क्रसर उद्योग सञ्चालन गरेको पुष्टी गरिसकेकाले केही दिनमै सो उद्योगविरुद्ध समितिले मुद्दा दर्ताको तयारीमा लागिनेछ । स्थानीयवासीको उजुरीपश्चात अनुगमन गरिएको र थप अनुमगन–प्रतिवेदनका आधारमा त्यस उद्योगका सञ्चालकविरुद्ध वन अतिक्रमणसम्बन्धी अभियोग दर्ता गरिने बताइएको छ ।

अनुसन्धान टोलीलाई सम्बन्धित क्षेत्रको स्थलगत अध्ययन, प्रमाण सङ्कलन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको थियो । यसैगरी कार्यालयले कम्पनीले उक्त क्षेत्रबाट हालसम्म कति सामग्री उत्खनन् भयो भन्नेबारेसमेत प्राविधिकरूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि स्थानीयवासीले उक्त कम्पनीले वनक्षेत्र अतिक्रमण गरी क्रसर तथा खानी सञ्चालन गर्दै आएको जनाउँदै जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पटकपटक उजुरी गरेका थिए । स्थानीय प्रशासनले स्थानीय नागरिकको उजुरीका आधारमा उद्योगको अनुगमन गरी अनुसन्धानपछि कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ ।

कार्यालयका अनुसार उक्त खानी–क्रसर तेमाल–२ का शंकरमान तामाङ र शान्ति लामा तथा पाँचखाल नगरपालिका–११ का राम पन्तको नाममा दर्ता भई सञ्चालन हुँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi