Skip to content

गौतमश्री सहकारीका सीईओ विष्ट पक्राउ

nabil bank

काठमाडौं । गौतमश्री बहुउद्देश्यी सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रहरीले पक्राउ परेका छन् । काठमाडौंको कुलेश्वरमा रहेका सहकारीका सीईओ रविन विष्टलाई बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टले सीईओ बिष्टलाई पक्राउ गरेको पुष्टी गरे । उनका अनुसार थप कारबाहीका लागि विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । अहिले ४ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

यो सहकारीले बचतकर्ताको साढे ५ अर्ब बढी रकम ठगेको आरोप छ । सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरेको छ । हाल सहकारीका अध्यक्ष रामबहादुर गौतम फरार रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi