Skip to content

खत्रीको संयोजकत्वमा पाँच सदस्यीय बजेट लेखन समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम तयारीका लागि सरकारले पाँच सदस्यीय बजेट लेखन समिति गठन गरिएको छ। बजेटको सिद्धान्त, प्राथमिकता तथा वक्तव्यको मस्यौदा तयार पार्ने जिम्मेवारीसहित उक्त समिति गठन गरिएको अर्थमन्त्रालयका प्रवक्ता टंक प्रशाद पाण्डेले बताए ।
अर्थ मन्त्रालयका अनुसार समितिले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव संकलन तथा प्रस्तुत गर्नेछ। साथै, कार्यान्वयनमा ल्याइने आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरण प्रक्रियामा सहजीकरण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको उनले बताए ।
समितिले संघीय संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार पार्नेछ भने अर्थमन्त्रीद्वारा प्रस्तुत गरिने बजेट वक्तव्यको मस्यौदा पनि तयार गरी पेश गर्नेछ। समितिको संयोजकमा राजश्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुख उत्तर कुमार खत्री रहेकाे पाण्डेले बताए ।
यसैगरी, बजेट तथा कार्यक्रम महाशाखाका महाशाखा प्रमुख सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका महाशाखा प्रमुख धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका महाशाखा प्रमुख सेवन्तक पोखरेल सदस्यका रूपमा रहेका छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T