काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध चयन भएका छन् ।
संघीय संसद् सचिवालयका अनुसार उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको प्रवक्ता सहसचिव एकराम गिरीले बताए । यो सँगै अर्याल निर्विरोध भएका हुन् ।
आज बिहान ११ बजेदेखि २ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो ।
उक्त समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साललाई समर्थक रहेका थिए ।
उनलाई आइतबार बस्ने प्रतिनिधिसभाको बैठकले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।












प्रतिक्रिया दिनुहोस्