काठमाडौं । गोरखा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभका अध्यक्ष तथा व्यवस्थापकसहित ४ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले टोलीले पक्राउ गरेको छ ।
कार्यालयका प्रहरी उपरीक्षक तथा एसपी मनोहर भट्टका अनुसार सहकारीका अध्यक्ष इमानसिंह राई, सीइओ लालबहादुर क्षेत्री, लेखा समिति सदस्य कर्णबहादुर राई र अबिनकुमार राई पक्राउ परेका हुन् ।
उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको भट्टको भनाइ छ । उनीहरुलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको भट्टले बताए । यो सहकारीले साढे १० हजार बचतकर्ताको ४ अर्ब ५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्