काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत २२ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेकाे हाे ।
कम्पनीले हाल कायम रहेको पुँजीको १ कित्ता सेयर बराबर थप १ कित्ता (१ः१) अनुपातमा हकप्रद सेयर निष्कासन गरेकाे हाे । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४० करोड रुपैयाँको ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकाे छ।
हकप्रद सेयर निष्कासन गर्नका लागि प्रयोजनार्थ कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियाे । माघ २९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा २०८३ बैशाख १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद सेयरको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै जलविद्युत गृह रहेको स्थान थप्रेक, नुवाकोट र एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
यसैगरी, नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।












प्रतिक्रिया दिनुहोस्