काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेयता एक साताको अवधिमा सेयर बजार २९७ अंकले घटेको छ । बजार घटेको भन्दै आजबाट सेयर लगानीकर्ता आन्दोलनमा होमिएका छन् ।
आन्दोलनमा लगानीकर्ता मात्रै नभएर सूचीकृत संगठित संस्थाका सञ्चालक समेत सहभागी रहेका छन् । पछिल्लो समयमा सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि व्यवसायीहरुलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्न थालेपछि बजारमा गिरावट आएको लगानकिर्ताको दाबी छ ।
सरकारकै कारण बजार घटेको लगानीकर्ताको दाबी छ ।
बजारमा आज मात्रै १०५.५० अंकले घटेको छ । बजार घटेपछि लगानीकर्ता तिलक कोइराला लगायत आन्दोलनमा होमिएका छन् । उनीहरुले केही समयअघि सिंहदरबारको दक्षिण गेट अगाडि विरोध गर्न खोजेका थिए । त्यहाँ प्रहरीले रोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय गएका छन् ।
केही समयअघि लगानीकर्ता कोइरालाले फेसबुकमा लेखेका थिए, ‘‘आपतकालीन छलफलका लागि सबै ज्युँदा लगानीकर्ता आज ३ बजे सिंहदरबार दक्षिणी गेटमा अनिवार्य भेटौं ।’ उनको त्यो स्टाटसपछि आन्दोलन भएको थियो । त्यहाँ प्रहरीले रोकेपछि
उनले अर्को स्टाटस लेखे ‘‘अब हामी सिंहदरबारबाट रास्वपा पार्टी कार्यालयमा धर्ना बस्न जाँदैछौ, सबै आउनुहोला ।’’
कोइराला एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र सिटि होटलमा सञ्चालक छन् । यी दुवै कम्पनी नेप्सेमा सूचीकृत छन् ।













प्रतिक्रिया दिनुहोस्