काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग,व्यवसाय (एसएमई) कर्जाको जोखिम भार घटाएको छ ।
राष्ट्र बैंकले आज वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई निर्देशन जारी गर्दैै ३ करोड रुपैयाँसम्मको एसएमई कर्जाको जोखिम भार ६० प्रतिशतमा झारेको हो ।
यो सँगै बैंक तथा वित्तीय संस्थाहरुले कृषि, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा ६० प्रतिशत जोखिम भार कायम गर्दा हुने भएको छ । यसअघि यस्तो भार ७५ प्रतिशत रहेको थियो ।
यस्तै राष्ट्र बैंकले कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित मानिएको घरजग्गा धितोको बजार मूल्यमा कम्तीमा २५ प्रतिशत अन्तर भएको हुनुपर्ने व्यवस्था राखेको छ । यो नयाँ व्यवस्था हो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने आयोजनाको बीमा भने अनिवार्य गरेको हुनुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार कर्जामा जोखिम भार घटेसँगै बैंक तथा वित्तीय संस्थालाई कर्जा विस्तारमा सहयोग पुग्ने छ ।













प्रतिक्रिया दिनुहोस्