काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एसोसिएटतर्फ प्रबलजंग पाण्डे समूहले उम्मेदवारी दर्ता गराएको छ ।
यसअघि कार्यकारिणी सदस्य रहेका पाण्डेले अहिले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको समूहको सदस्यमा अम्बिका प्रसाद पौडेल, प्रियराज रेग्मी, हेमन्त गोल्छा, सचिन ढकाल, बाबुकाजी कार्की, अविज्ञा मल्ल, आरएस भण्डारी, डोलराज अधिकारी, दिवस न्यौपाने, ईश्वर जीसी, जुना माथेमा, उज्वल श्रेष्ठ, सुयश प्याकुरेल, कृष्णलाल महर्जन, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, शक्तिकुमार बेगानी, सुशील थापा र सुरज उप्रेतीले उम्मेदवारी दिएका छन्।
महासंघमा नयाँ नेतृत्व चयनका लागि चैत २९ र ३० गते साधारणसभा हुँदैछ ।












प्रतिक्रिया दिनुहोस्