Skip to content

सम्पत्ति शुद्धीकरणको अनुसन्धानले सेयर बजारमा पहिरो, १०५ अंकले घटेर परिसूचक साढे २६ सय नजिक

nabil bank

काठमाडौं । सरकारले विभिन्न व्यवसायीलाई सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान गर्न थालेपछि त्यसको सिधै असर सेयर बजारमा देखिन थालेको छ ।

सरकारले सम्पत्ति शुद्धीकरणका फाइल खोल्दा सेयर बजारमा भने धमाधम पहिरो जान थालेको छ । सरकारको यो निर्णय सेयर बजारका लागि प्रतिउत्पादक बन्दै गएको छ । साताको पहिलो दिन आइतबार सुरुदेखि घटेको बजारमा अन्तिम समयसम्म गिरावट कायमै रह्यो । बजार मापन गर्ने सूचक १०५.५० अंकले घटेर परिसूचक २६७६.६८ बिन्दु कायम भएको छ ।

आज ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँमा कारोबार भएको छ । कारोबारमा सबै समूहका उपसूचक राताम्मे भएका छन् ।कारोबारमा ७ कम्पनीको मूल्य बढेको छ भने २६१ कम्पनीको मूल्य घटेको छ । कारोबारमा ६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नयाँ सरकार बनेयता बजारमा लयातार गिरावट आउन थालेपछि गत साता अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले अर्थ सचिव, सम्बन्धित महाशाखा प्रमुख, धितोपत्र बोर्ड, नेप्सेका अधिकारीलाई राखेर छलफल गरेका थिए । मन्त्री वाग्लेले आफु बजारप्रति सकारात्मक रहेको र बजारको हितमा आफुले काम गर्ने जनाएका थिए । तर, मन्त्रीको कुरालाई बजारले पत्याउन सकेको छैन ।

सरकारले शासकीय सुधारका लागि भन्दै १०० बुँदे कार्यसूचीमा भएको एक बुँदाले पनि सेयर बजारलाई प्रभावित पारेको लगानीकर्ताको तर्क छ । उक्त कार्यसूचीको ४५ नम्बर बुँदा मा ‘‘भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउन नेपाल राष्ट्र बैंकले १०० दिनभित्र बैंक खाता, डिजिटल वालेट, सेयर लगानी तथा अन्य वित्तीय गतिविधिहरूलाई समेट्ने समन्वित डिजिटल सम्पत्ति लगत ९इन्ट्रिग्रेटेड डिजिटल एसेट रजिस्ट्रि० स्थापना गर्ने, सोमा जोखिममा आधारित सङ्केत प्रणाली लागू गर्ने तथा सन्देहास्पद कारोबारहरूको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अघि बढाउने’’ भनेको छ । यसले बजारमा असर गरेको एक लगानीकर्ताले बताए । अन्य लगानीकर्ता पनि यो भनाइमा सहमत छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi