काठमाडौं । आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच अर्थ मन्त्रालय भेटघाट भएको छ ।
आज बिहान आधा घन्टा भएको भेटमा सेयर बजारका पछिल्ला गतिविधिका बारेमा छलफल भएको बताइएको छ । एसोशिएसनका महासचिव भक्तिराम घिमिरेका अनुसार भेटमा नयाँ सरकार बनेपछि बजारमा निरन्तर आएको गिरावटले साना लगानीकर्ताले बढी परेको मर्कामा विषयमा गम्भिर छलफल भएको छ ।
एसोशिएसनले बजार बिग्रेपछि उठाउन नसक्ने भन्दै बजारका विषयमा सरकारको धारणा सार्वजनिक गर्न सरकार समक्ष माग गरेको बताए । सरकारले पछिल्लो समय सम्पत्ति शुद्धीकरणको नाममा व्यापारीलाई धमाधम पक्राउ गर्दा बजार त्रसित बनेको स्मरण मन्त्रीलाई गराएको बताए ।
”ब्यापारीलाई सरकारले भरपकड गर्दा बजारमा गिरावट आएको स्मरण गराएका छौं” उनले भने ।
साथै एसोशिएसनले बजार सुधारको लागि सरकारले गर्न बाँकी काम समयमा नै गर्न, बैंक वित्तीय संस्थालाई लगाएको ६ महिनाको क्याप हटाउन, बजारमा गैर आवासीय नेपालीलाई सहजै भित्र्याउन, पुँजीगत लाभकर अन्तिम हो की अग्रिम हो क्लियर गर्न, सेटलमेन्ट ग्यारेन्टी फण्ड निस्कृय भएको र यो कार्यान्वयनका लागि सेबोन र नेप्सेलाई निर्देशन दिन मन्त्री समक्ष आग्रह गरेको घिमिरेले बताए ।
भेटमा मन्त्रीले लगानीकर्तालाई निरास नहुन आग्रह गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्