काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँ भएको छ ।
आइतबार बजारमा सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।
आइतबार ४ हजार ८३० रुपैयाँमा कारोबार थियो ।












प्रतिक्रिया दिनुहोस्