Skip to content

शुक्रबार पनि सेयर कारोबार गर्ने नेप्सेको निर्णय

nabil bank

काठमाडौं । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अब सेयर कारोबार हुने भएको छ ।

यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुने गरेको थियो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ देखि ५ बजे खोल्ने निर्णय गरेको छ ।

जुन निर्णय आजदेखि लागू भएको छ । आइतबार साँझ बसेको नेप्से सञ्चालक समितिको बैठकले यही सातादेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले यसै सातादेखि शुक्रबारसहित साताको पाँचै दिन सेयर कारोबार गर्ने निर्णय गरेको एक सञ्चालकले बताए । आइतबार सरकारले नै सार्वजनिक बिदा दिएका कारण बजार आइतबार भने बन्द हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi