Skip to content

सेयर बजारमा हरियाली, १० अर्ब ९२ करोडको कारोबार

nabil bank

काठमाडौं । साताको पहिलो दिन आइतबार १०५ अंकले घटेको बजारमा सोमबार भने हरियाली छाएको छ । सरकारले सम्पत्ति शुद्धीकरणमा धमाधम छानविन गर्न थालेपछि घटेको बजारमा आज भने हरियाली देखिएको छ ।

बजार निरन्तर उच्च अंकले घट्न थालेपछि आज स्टक ब्रोकर एसोशिएसनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बजार सुधार्न ५ बुँदे सुझाव समेत दिएको छ । सबैलाई भेट्दा मन्त्री वाग्लेले सरकार बजारप्रति सकारात्मक रहेको प्रचार गरिदिन अपिल गरिरहेका छन् । आज पनि यही विषयलाई निरन्तरता दिए ।

त्यसले पनि बजारमा सुधार देखाएको एकथरी लगानीकर्ताको चर्चा छ ।

सोमबर बजार ८३.३३ अंकले बढेर परिसूचक २७६० बिन्दुमा पुगेको छ । ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा २६४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य घटेको छ । कारोबारमा सबै समूहका उपसूचकमा हरियाली छाएको छ । कारोबारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi