Skip to content

दुई सञ्चार उद्यमी सहितको बन्यो ज्योत्सना समूह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा एशोसिएट्सतर्फ दुई सञ्चार उद्यमी सहितको ज्योत्सना श्रेष्ठको टिम तयार भएको छ ।  ज्योत्सना समूहमा सञ्चार उद्यमी  बिज मिडिया प्रालिका सम्पादक राम राजा श्रेष्ठ र नेपाल रिपब्लिक मिडिया कम्पनीकी निर्देशक शोभा ज्ञवाली  उम्मेदवारी  दिएका हुन ।
यसैगरी, उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत (अजित), ई. विनोद ढकाल,  बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाईँ, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, सन्दीप अग्रवाल (माखरिया), चुनावी मैदानमा छन् ।
आफूले सबै क्षेत्रलाई समावेश गरी टिम निर्माण गरेको र पुरै टिमको जीत सुनिश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बत्ताइन् । अहिले पनि महासंघको एशोसिएट्सतर्फकै उपाध्यक्ष रहेकी श्रेष्ठले व्यवसायी मैत्री नीति निर्माण तथा सामूहिक सौदाबाजीजस्ता विषयमा आफूले धेरै काम गरेको र अझै नीतिगत पैरवी र व्यवसायी मैत्री वातावरण निर्माणका लागि काम गर्न बाँकी रहेकाले आफू पुनः सोही पदमा दोहोरिएको जानकारी दिइन्।
‘हामीले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी एशोसिएट्तर्फको सदस्य पदमा उम्मेदवारहरू छनौट गरेका छौँ,’ उनले भनिन्, ‘तसर्थ हाम्रो समूहलाई मतदान गरी जिताउन हुन सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गर्दछु ।’
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T