Skip to content

कामना सेवाको अविमोच्य अग्राधिकार सेयर नेप्सेमा सूचीकृत

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको अविमोच्य अग्राधिकार सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकले निष्कासन गरेको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ भएको कुल ३५ करोड रकम बराबरको ३५ लाख कित्ता ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नामको अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

धितोपत्रको दोस्रो बजारमा हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद–बिक्रि गर्न पाइनेछ । उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पुँजीकोष बढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ । अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर नेप्सेमा सुचीकृत भए सँगै कारोवार समेत गर्न सकिने भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi