Skip to content

नवनियुक्त डेपुटी गभर्नर पण्डितले गरे शपथ ग्रहण

nabil bank

काठमाडाैं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन । उनले आजै पदबहाली समेत गरे ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएका हुन । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिए । डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका हुन । उनी २०६८ सालमा उप– निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका हुन ।

कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi