काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार सेयर बजार मापक गर्ने नेप्से परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा पुगेको छ ।
आज सेयर बजारसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । आज कारोबारमा आएको १३ वटै उपसमूहको सेयर मूल्य बढेको छ । बुधबार सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहतर्फको सेयर मूल्य बढेको छ । आज यस उपसमूहको सेयर मूल्य ३.८७ प्रतिशत बढेको हो।
यसैगरी, आज दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज कारोबारमा आएको ७ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल उच्च स्थानमा रहेको छ। आज यस कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज रिलायन्स स्पिनिङ्ग मिल्सको ४२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।












प्रतिक्रिया दिनुहोस्