काठमाडौ । गुरु ट्राभल्स र क्यान्सर काउन्सिल नेपालबीच रणनीतिक साझेदारी सम्बन्धी पत्रमा सस्ताक्षर भएको छ ।
नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल ब्रान्ड, गुरु ट्राभल्स लिमिटेड र क्यान्सर नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा सक्रिय गैर नाफामुखी संस्था क्यान्सर काउन्सिल नेपालबीच सामाजिक उत्तरदायित्व, विद्यालय, कलेज तथा समुदायमा इन्भेष्ट अन ट्राभलि कार्यक्रम सञ्चालन गर्ने, जनचेतना अभिवृद्धि तथा सामुदायिक विकासका कार्यक्रमहरूलाई संयुक्त रूपमा अघि बढाउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस सहकार्य अन्तर्गत दुवै संस्थाले नेपालभर क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालय तथा कलेजहरूमा सचेतना अभियान सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य शिविर तथा प्रारम्भिक जाँच कार्यक्रमहरू आयोजना गर्ने, तथा क्यान्सर बिरामी र तिनका परिवारलाई सहयोग र्पुयाउने लक्ष्य राखेका छन् । साथै, पर्यटनसँग जोडिएका सामाजिक कार्यक्रमहरू, स्वास्थ्य सचेतना यात्राहरू गतिविधिहरूमा समेत सहकार्य गर्ने सहमति भएको छ ।
काउन्सिल सन् २००९ मा स्थापना भएको एक राष्ट्रिय स्तरको गैर रकारी संस्था हो । जसले क्यान्सरसम्बन्धी जनचेतना, प्रारम्भिक पहिचान, उपचार सहयोग तथा पालीएटिभ केयरमा काम गर्दै आएको छ । यस संस्थाले विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा सचेतना कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सर जस्तो जटिल रोगविरुद्ध लड्न सामूहिक प्रयास आवश्यक रहेको बताए ।












प्रतिक्रिया दिनुहोस्