Skip to content

टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट नियुक्त

nabil bank

काठमाडौं। टाइम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत सेयर निष्काशन गर्ने तयारी गरेको हो।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ३४ हजार ६०० कित्ता साधारण सेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि जारी गर्नेछ। यससम्बन्धी कार्य सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्रसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र टाइम फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठ ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का प्रतिनिधि मनोहर कडेलको उपस्थिति रहेको थियो।

कम्पनीले कुल १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बुक बिल्डिङ विधिमार्फत निष्काशन गर्नेछ। जसमा ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी ६० प्रतिशत सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ।

सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ५३ करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ। करिब ३० वर्षदेखि सञ्चालनमा रहेको टाइम फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ भने उत्पादन प्लान्ट गैंडाकोट–१० मा सञ्चालनमा छ।

साथै ललितपुरको सातदोबाटोमा मार्केटिङ कार्यालय स्थापना गरिएको छ। कम्पनीले करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै २०० भन्दा बढी गुणस्तरीय औषधि उत्पादन गर्दै आएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi