Skip to content

प्राधिकरण सञ्चालक समितिले लियो कार्यकारी निर्देशक शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी

जेनजी आन्दोलनः सहिदका ८ परिवारका सदस्यलाई रोजगारी दिने

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको १०२९औं बैठक सम्पन्न भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनको जानकारी सञ्चालक समितिले लिएको छ ।

यस्तै बैठकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ को बुँदा नम्बर ११ र नेपाल राजपत्र ९खण्ड ७५, अतिरिक्ताङ ३२, कार्तिक १७ गते, २०८२ साल० मा भएको व्यवस्था अनुसार छुट भएका ८ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय भएको हो ।

प्राधिकरणले यसअघि २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको छ ।

बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ बनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्धुपाल्चोक, शितल पौडेल, मौसम कुलुङ संखुवासभा, पार्वती अधिकारी सर्लाही, हेमन्ती विष्ट बझाङ र मञ्जु पौडेल लम्जुङ रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi